![](https://sajhamanch.com/wp-content/uploads/2024/06/mechi-hospital-1.jpg)
झापा । कोशी प्रदेश सरकारले निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, उदयपुर, धनकुटा र सङ्खुवासभा जिल्ला अस्पतालबाट निःशुल्क सेवा सुरु हुने प्रदेश सरकारले जनाएको छ ।ती अस्पतालबाट सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले १ करोड १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।