२०८१ माघ २६, शनिवार , ०९:३०:५२ बजे

Sajhamanch
'

टि- २० विश्वकपबाट बाहिरिएको नेपाली क्रिकेट टोली घर फर्कदै

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। टि-२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ ।

सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं आईपुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले जानकारी दिए ।

हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं आईपुग्ने बताइएको छ । जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ ।

सम्बन्धित खबर