२०८१ मंसिर १, शनिवार , ०४:२७:३७ बजे

Sajhamanch
'

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ, ३०० जनाभन्दा बढी ठगिए

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।
पक्राउ परेकाहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मङ्गलवार, जेठ २९, २०८१ | अपराध, समाज

सम्बन्धित खबर