काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिलालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले कलंकीबाट उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार तारा देवी डंगोलको साथबाट ५ लाख १४ हजार रुपैयाँबराबरको नक्कली नोट फेला परेको थियो। सोधपुछपछि निमिला श्रेष्ठको समेत संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यो प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।