२०८१ मंसिर ९, आइतवार , ०८:१६:३४ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचनः ७४ प्रतिशतले दिए मत, गणना भोलि बिहान ८ बजेदेखि

शनिवार, जेठ २६, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको चुनावमा ५ हजार २० जना उपभोक्ताले मतदान गरेका छन् ।

काँकरभिट्टा मावि परिसरमा भएको मतदानमा ६ हजार ७७४ मतदातामध्ये ७४.२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार बिहान ८ देखि अपरान्ह ५ बजेसम्म शान्तिपूर्णरुपमा मतदान भएको र गणना आइतवार (भोलि) बिहान ८ बजेबाट खानेपानी संस्था परिसरमा शुरु हुनेछ ।

आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा सन्तोष आचार्य नेतृत्वको प्रगतिशील समाजवादी प्यानल, रोहित बुढाथोकी नेतृत्वको प्रगतिशील लोकतान्त्रिक प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदर्शन खड्का नेतृत्वको स्वतन्त्र खानेपानी उपभोक्ता समूह चुनावी मैदानमा उत्रिएका थिए ।

सम्बन्धित खबर