२०८१ माघ २९, मङ्गलवार , ०२:२९:३७ बजे

Sajhamanch
'

नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अनिल सापकोटा निर्वाचित

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अग्नि प्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार तोया पोख्रेललाई ५५ मतान्तरले जितेका हुन् । सापकोटाले १७३ र कडेलले ११८ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा यादव मिश्र १५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

उपाध्यक्षका अर्का उम्मेदवार ज्ञानु सुबेदीले १३४ मत प्राप्त गरे । उपसचिवमा जय आचार्यले १८९ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी प्रेम बहादुर श्रेष्ठले ९४ मतले पराजित भए । सोमवार सम्पन्न निर्वाचनमा २९२ मत खसेको थियो ।