काठमाडौँ । चरित्रहत्या गरेको आरोपमा तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बबरमहलबाट उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी)दीपक राज अवस्थीले बताए ।
भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिच विवाद छ । उनीहरू बिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ । बरालले अरूको अडियो बनाएर बदनाम गरेको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।