२०८१ मंसिर १, शनिवार , ०७:०४:५० बजे

Sajhamanch
'

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ४१ वर्षीय हर्कमान तामाङ छन् । उनलाई ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

उच्च अदालत पाटनबाट ८ जेठ २०८१ मा उनीविरुद्ध बैंकिङ कसुरमा ६ लाख ८० हजार जरिवाना, २ दिन कैद र २७ हजार २ सय क्षतिपूर्ति भराउने फैसला भएको थियो ।

शुक्रवार, जेठ १८, २०८१ | अपराध, समाज

सम्बन्धित खबर