२०८१ फागुन ३, शनिवार , ११:५८:५६ बजे

Sajhamanch
'

एमाले बिर्तामोडको अधिवेशन आजदेखि, महासचिवले उद्घाटन गर्ने

आइतवार, जेठ १३, २०८१

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुदैछ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा आजदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन् ।

नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले नगर अधिवेशनमा ४९९ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अध्यक्ष भट्टराईले आयोजकसहित भूगोल, जनवर्गीय संगठन,मजदुर र मुक्ति समाजबाट ४९९ जना प्रतिनिधि सहभागी हुने बताएका हुन् ।

सोही अवसरमा पार्टीले साविक अनारमनी, गरामनी र चारपाने गाविसका पार्टी प्रमुखहरुलाई सम्मान गर्ने तयारी गरेको भट्टराईले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित खबर