२०८१ फागुन १, बिहिवार , ०९:४०:४९ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुरु हुँदै

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता आज शुरु हुँदैछ ।

सातदोबाटोमा रहेको कराँते महासङ्घको एकेडेमीमा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्ग्लादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिनुभयो ।

पर्सि आइतवारसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर