२०८१ मंसिर १, शनिवार , १२:०५:०८ बजे

Sajhamanch
'

सर्लाहीमा ५ किलो गाँजासहित एक जना पक्राउ

बिहिवार, जेठ १०, २०८१

जनकपुरधाम । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार उनलाई बुधबार अपराह्न ४ः३० बजे लालबन्दी बजारस्थित बर्गर हाउस नजिकबाट नियन्त्रणमा लिइएको हो ।

चेकजाँच गर्दा गाँजा फेला परेपछि नागेन्द्रलाई पक्राउ गरिएको उनले बताए । उनको साथमा रहेको प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बिहिवार, जेठ १०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर