२०८१ फागुन ९, शुक्रवार , ०६:५८:०१ बजे

Sajhamanch
'

बाहुनडाँगीमा हात्तीको उपद्रो, मेची किनारका हात्तीको सुँड र दाह्रा भाचिदियो

बिहिवार, जेठ ३, २०८१

मेचीनगर। झापा मेचीनगरपालिकाको बाहुनडाँगीमा भारतीय जंगली हात्तीले उपद्रो गरेको छ ।रातको समयमा चर्न आएका हात्तीले मेची नदी किनारमा नेपाल तर्फ बनाइएको हात्तीको प्रतिमामा क्षती पुर्याएको हो ।

मेचनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीका अनुसार मेची किनारमा निर्माणधिन प्रकृतिक पार्कमा रहेको दुईवठा हात्तीको प्रतिमामा जंगली हात्तीले क्षती गरेको हो । भातरबाट मंगलबार राति आएको हात्तीले एउटाको सुँड र अर्कोको दाह्रा भाचिदिएको हो ।

यो स्थानमा अहिले स्थानीय सरकार र युनडिपीको आर्थिक साझेदारीमा प्रकृति पार्क निर्माण भइरहेको छ । हात्तीलाई पर्यटनसंग जोडेर अर्थोपार्जन गर्ने उदेश्यले पार्क निर्माण भईरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

बाहुनडाँगीमा दैनिक जस्तो भारतीय हात्ती आहाराका लागि आउने गरेका छन् ।

सम्बन्धित खबर