२०८१ कार्तिक २, शुक्रवार , ०९:१४:१३ बजे

Sajhamanch
'

शिवसताक्षीमा मेयर कपः वडा नं. ३ र १० विजयी

सोमवार, वैशाख ३१, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी मेयर कप अन्तर्गत सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ र वडा नं. १० विजयी भएका छन् ।

वडा नं. ५ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ३ विजयी भएको छ भने, वडा नं. ६ लाई ५–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङले जानकारी दिए ।

त्यस्तै आजै भएको क्रिकेट प्रतियोगितामा वडा नं. ३ लाई हराउँदै वडा नं. ८ विजयी भएको छ । वडा नं. ८ ले १५ ओभरमा ३०८ रनको तारगेट दिएको थियो । तर वडा नं. ३ भने ५६ रनमा सिमित हुन पुग्यो । वडा नं. ८ का खेलाडी विजय घिमिरेले ४७ बलमा १७६ रन बनाउन सफल भएका थिए ।

त्यस्तै आजै भएको क्रिकेट खेलमा वडा नम्बर ६ लाई ३ विकेटले हराउदै वडा नम्बर ११ अघिल्लो चरण प्रवेश गरेको छ। टच जितेर पहिलो ब्याटिङ गरेको वडा ६ ले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १०९ रनको लक्ष्य दिएको थियो। वडा ६ का लागि बिनय बिमलीले २१ बलमा ३१ रन जोडेका थिए। वडा नम्बर ११ ले पाएको लक्ष्य १४.२ बलमा ७ विकेट गुमाउँदै आफ्नो जित सुनिश्चित गरेको थियो। वडा नम्बर ११ का लागि विशेष उप्रेतीले १८ बलमा ४३ रनको विस्पोटक पारी खेल्दै टिमका लागि जित निकाल्न सहज गराए। त्यस्तै बलिङतर्फ वडा ११ का कप्तान पुर्ण लिम्बूले तीन ओभरमा महत्त्वपूर्ण ४ विकेट लिएका थिए ।

प्रतियोगिता हिजोबाट सुरु भएपनि आज औपचारीक उद्घाटन गरिएको छ । उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीलाई खेलको हवका रुपमा विकास गर्न वडाबाटै खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म खेलाडी शिवसताक्षीको प्रतिनिधित्व गर्ने गरी काम सुरु गरिएको बताए । उनले शिवसताक्षीबाट अहिले पनि २ जना राष्ट्रिय टिममा समावेश पाएको जानकारी दिए । उनले नगरका सबै वडाका खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्ल सुझाएका थिए ।

प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भोलि मंगलबारको पहिलो खेल शिवसताक्षी भेट्रान र वडा नं. २ बीच र दोस्रो खेल वडा नं. ४ र वडा नं. ८ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

सोमवार, वैशाख ३१, २०८१ | खेलकुद

सम्बन्धित खबर