बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राति चोरले रडले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ ।
राति गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन्– त्यही चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले हिर्काएर हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ।
राति अबेरसम्म छोरासँग फोनमा कुरा गरेर बस्नु भएको र चोर आयो भन्ने पनि कुरा सुनिएको थियो । बिहान दुःखद् घटना सुन्नु परेको छ, एकजनाले स्थानीयले भनेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।