
बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारपानेमा एक यात्रुवहाक बस पल्टिएको छ। गौरीगञ्जबाट बिर्तामोड आउँदै गरेको को १ ख ३००९ नम्बरको उक्त बस पल्टिएको हो ।
बस पल्टिदाँ अन्दाजी २०/२२ जना यात्रु सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज नयौपानेले जानकारी दिनुभयो । बस सडक छेउमा सामान्य पल्टिएकाले कोही पनि यात्रु गम्भिर घाईते नभएको उहाँले बताउनुभयो ।
सामान्य घाइते भएका केहीले बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचार गराएको र उनीहरुको अवस्था सामान्य रहेको ट्राफिक प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा माओवादी केन्द्रको भात्री संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन सहभागी हुन बिर्तामोड आएका कार्यकर्ता सवार बस पल्टिएको हो ।