२०८१ फागुन ११, आइतवार , १०:२९:२६ बजे

Sajhamanch
'

बिर्तामोडमा कुदिरहेको कारमा आगलागी

आइतवार, वैशाख २, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ।

अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो ।

पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा अचानक आगोलागी भएको हो ।आगजनी भएको केहि समयपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर