२०८१ कार्तिक २, शुक्रवार , ११:१२:२४ बजे

Sajhamanch
'

नविन राई स्मृति भेट्रान कपः उपाधिका लागि आयोजक रातो र पुर्वेली भेट्रान क्लब भिड्ने

बुधवार, चैत २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा पुर्वेली भेट्रान क्लब विर्तामोड फाइलनमा प्रवेश गरेको छ । दमक लखनपुर भेट्रान क्लब दमकलाई २– ० गोल अन्तरले हराउँदै पुर्वेली फाइनलमा प्रवेश गरेको हो । शुक्रबार उपाधिका लागि पुर्वेली आयोजक रातोसँग भिड्ने छ ।

खेलको ३० औं मिनेटमा पुर्वेलीको तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले टिमका लागि पहिलो गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयमा बुद्ध लिम्बुले दोस्रो गोल गरेर दमक लखनपुरसँग दुई गोल अन्तर बनाउन सफल भए ।

खेलको म्यान अफ दी म्याच पुर्वेलीका खेलाडी मोहन गुरुङ्ग घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । शुक्रबार फाइनल खेल हुने आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ । शुक्रबार स्थानीय पत्रकार र शिक्षक बीच मैत्रीपुर्ण खेल हुने समेत बताइएको छ ।

बुधवार, चैत २१, २०८० | खेलकुद

सम्बन्धित खबर