शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा पुर्वेली भेट्रान क्लब विर्तामोड सेमी फाइलनमा प्रवेश गरेको छ एभरेष्ट भेट्रान क्लब मोरङ्गलाई ५– ० गोल अन्तरले हराउँदै पुर्वेली सेमी फाइनलमा प्रवेश गरेको हो ।
खेलको ७ औं मिनेटमा पुर्वेलीका तर्फबाट जर्सी नं. ७ का बुद्धराज लिम्बुले पहिलो गोल गरेका थिए । त्यस्तै १९ औं मिनेटमा टिकाराज सुब्बा, २१ औं र २३ औं मिनेटमा विकर्ण श्रेष्ठले गोल गर्दै ४ गोल अन्तर बनाएका थिए । त्यस्तै खेलको इन्जुरी समयमा पुर्वेलीका जर्सी नं. १७ का खेलाडी दिनेस चौधरीले थप एक गोल गर्दै खेल ५ – ० को फराकिलो अन्तर बनाउन सफल भए । खेलको म्यान अफ दी म्याच पुर्वेलीका खेलाडी विशाल लिम्बु घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।
आयोजक झिलझिले भेट्रान क्लबले खेल सफलता पूर्वक सम्पन्न गर्ने सहयोग दाताहरुलाई सम्मान पत्र प्रदान गरेको थियो ।
प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोली मंगलबार आयोजक (रातो) र सिबीसी भेट्रान क्लब चन्द्रगढी बीच पहिलो सेमीफाइनल खेल हुने आयोजकले जनाएको छ।