२०८१ मंसिर ७, शुक्रवार , ०८:३०:४४ बजे

Sajhamanch
'

 शिवसताक्षीमा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए

आइतवार, चैत १८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको एक दिवसीय निशुल्क स्वास्थ्य शिविरमा नगरका २ सय बढी महिलाहरुले सेवा लिएका हुन् ।

स्वास्थ्य शिविरमा महिलाहरुमा हुने स्वास्थ्य समस्या,स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पहिचान, परीक्षण गरिएको थियो । त्यस्तै सेवा लिएका महिलाहरु मध्ये आङ्ग खस्ने सम्बन्धी रिङ्ग प्रेसरी राख्ने १२ जना, आई भि.ए जाँच १५० जना, स्तन क्यान्सर जाँच २५ जनाको अन्य विभिन्न रोग सम्बन्धी जाँच गरिएको कार्यक्रमकी फोकल पर्सन निर्मला सिग्देलले जानकारी दिइन् ।

नगरको दक्षिणी क्षेत्रमा शिविर पहिलो पल्ट चलाइएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले विशेष महिलाहरुका समस्या र त्यसको समाधानका लािग लागि चलाइएको स्वास्थ्य शिविर प्रभावकारी भएको बताए ।

त्यस्तै शिविरमा उपप्रमुख नरमाया कार्कीले शिविरमा अपेक्षा गरे भन्दा धेरै महिलाहरुले उपचार गराएको बताइन् । नगरका दक्षिणी क्षेत्रका महिलाहरु विभिन्न रोगबाट धेरै पीडित हुनु भएको रहेछ । आज शिविरमा धेरै महिलाहरुमा लागेको रोगको पहिचान भएको छ । उहाँहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको उनको भनाई थियो ।

शिविरमा सञ्चालन गरिएको महिलाहरुका रोगसम्बन्धी सेवाहरु अब धरमपुर स्वाथ्य चौकी मंगलबारमा निरन्तर चल्ने फोलक पर्सन सिग्देलले जानकारी दिइन् ।

शिविरमा कोशी अञ्चल अस्पताल विराटनगरका स्त्रीरोग विशेषज्ञ डा. आमेद गुरुङ्गको टोलीले सहजीकरण गरेको थियो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका मेडिकल डा.देवशंकर पासवान, नगरका स्वाथ्यकर्मी सञ्जय ठकुरी लगायत स्वाथ्यकर्मीहरुले पनि सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर