शिवसताक्षी । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै समितिको सह अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा खगेन्द्रराज बजगाईं, महिला उपाध्यक्षमा सीता चापागाईं चयन भएका हुन् । त्यस्तै गरी सचिवमा हेतिराज निरौला, सह सचिवमा जगतवीर लिम्बु, सह सचिव (महिला) मा चक्रकुमारी लुइटेल न्यौपाने, सह सचिव (अर्थ)मा ज्ञानेन्द्रप्रसाद चपागाईं चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहहरुमा सावित्रा फुयल, कमल ढकाल, श्यामबहादुर खड्का, निर्मला भट्टराई, काजी पाठक, कमल बस्नेत, सूर्यमणी ताजपुरिया, रामप्रसाद मण्डल, दिलबहादुर ताजपुरिया, बासकी राजवंशी र खेमनाथ बराल रहेका छन् ।
निर्वाचिन समितिले आज शिवसताक्षीको दुधेमा एक कार्यक्रम गरी पद तथा गोपयिताको सपथ गराएको छ । सबै पदाधिकारीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको निर्वाचन समिति संयोजक विष्णु सुब्बाले जानकारी दिए । उनका अनुसार शिक्षक महासंघको दोस्रो अधिवेशन फागुन ११ गते नै सम्पन्न भएको थियो भने निर्वाचन समितिले आज प्रमाण पत्र वितरण गरेको थियो ।