२०८१ मंसिर ७, शुक्रवार , ०७:०१:४२ बजे

Sajhamanch
'

भगवती माविको वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापक सम्मानित

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीको भगवती माध्यमिक विद्यालयले ६१ औं वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माविले शुक्रबार ६१ औं वार्षिकोत्सवका अवसरमा पूर्व प्रधानाध्यापक खोदनाथ चापागाई पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजबहादुर सोडारीलाई सम्मान गरेको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्कीले खादा लगाइदिएर सम्मान पत्र प्रदान गरेका हुन् । त्यस्तै विद्यालयले दुई संस्थापकहरुलाई मरणोपरान्त सम्मान गरेको छ । संस्थापकहरुमा स्व. रुपद्रसाद चापागाईं र पुष्पलाल खतिवडालाई मरणोपरात्न सम्मान गरेको विद्यालयका प्र.अ. रमेश दाहालले जानकारी दिए । उनीहरुको सम्मान पत्र परिवारलाई प्रदान गरिएको थियो । विद्यालयले वार्षिकोत्सवकै अवसरमा बर्ष शिक्षकको रुपमा शिक्षक केदार खनाल र सुष्मा सापकोटालाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा स्व. पुष्पलाल गंगादेवी खतिवडा प्रोत्साहन पुरस्कारबाट २०७९ को एस.ई.ई. परीक्षामा उत्कृष्ट जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही १० हजार प्रदान गरिएको थियो । त्यस्तै बलबहादुर पवित्रादेवी अधिकारी स्मृति पुरस्कारबाट कक्षा ११ का उत्कृष्ट २ विद्यार्थीलाई १२हजार ५०० का दरले प्रदान गरिएको विद्यालयले जनाएको छ । त्यसैगरी अमृतादेवी सोडारी स्मृति पुरस्कारबाट कक्षा ८ का दुई विद्यार्थी जनही ५ हजार र रोजीन स्मृति प्रोत्साहन पुरस्कारबाट कक्षा ५ का उत्कृष्ट एक जनालाई ५ हजार १ सय र कक्षा ७ बाट उत्कृष्ट २ जना विद्यार्थीलाई जनही २ हजार ५ सय प्रदान गरिएको थियो ।

कार्यक्रममा हरिमाया स्मृति अक्षयकोष १२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिएको प्र.अ. रमेश दाहालले बताए ।

विद्यालयले टिकाराम खड्का स्मृति अक्षयकोषबाट खेलकुद तथा सृजनात्मक प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

मनबहादुर फिपरानी स्मृति अक्षयकोषबाट विद्यालयमा हुने विविध खेलकुद र्काक्रममा खेल पोशाक वितरण गरिएको छ ।

शनिवार, माघ २०, २०८० | विविधा, समाज

सम्बन्धित खबर