२०८२ जेठ ११, शनिवार , ०५:२७:१२ बजे

Sajhamanch
'

तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु

बुधवार, माघ १७, २०८०

काठमाडौं । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ ।

म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

बुधवार, माघ १७, २०८० | समाज

सम्बन्धित खबर