शिवसताक्षी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालको झापा जिल्ला अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा प्रेमदुमी राई, सह उपाध्यक्षमा कमला थुलुङ राई, सचिवमा आसिका राई, सह सचिवमा रामचन्द्र राई, कोषाध्यक्षमा सन्तोष राई, सह कोषाध्यक्षमा हरिचन्द्र राई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा गंगा चाम्लिङ, नरमाया लिम्बु राई, विनोद राई, बुद्धिराज राई, युवराज राई, टिका साम्पाङ, श्याम राई, कृष्ण राई, टंकमणी राई, देवकुमार राई, उत्तम राई, रचना राई, हरिकृष्ण राई, एन एस साम्पाङ रहेका छन् ।
कार्यक्रममा किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष जितेन राईले किँरात जाति प्राचिन सव्यताका रुपमा रहेको बताए । किराँतहरुले मुन्दुमको पुजा र संस्कारमा रहेर काम गर्नु पर्ने उनले जानकारी दिए । उनले भने, किराँतहरु प्रकृति पुजक हुन्, किराँत जाति होइन किराँत सव्यता हो । किराँत भित्र पनि धेरै भाषा भाषीहरु रहेका छन् । मुन्दुम व्यक्तिले भएको नभई यो दर्शन रहेको उनले बताए ।
अध्यक्ष जितेन राईले मुन्दुम संस्कार सम्बन्धी गीत गाएर त्यसको अर्थ समेत बताएका थिए । कार्यक्रममा प्रदेश, जिल्ला र नगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।