२०८१ कार्तिक ३०, शुक्रवार , ११:३०:४५ बजे

Sajhamanch
'

कर्मणी साकोसको सातौं वार्षिक साधारणसभा, उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मानित

मङ्गलवार, पौष १०, २०८०

कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीको साधारण सभाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पानस बत्ती बालेर उद्घाटन गरेकी हुन् । उनले संस्थाको नयाँ कार्यलय भवनको समेत उद्घाटन गरेकी थिइन् ।

२०७४ सालमा २८ जना शेयर सदस्य बाट १ लाख ४० हजार रुपैयाँको शेयर बाट सुर भएको सहकारीमा हाल एक हजार १६ जना सदस्य छन् भने कुल १ करोड ८१ लाख ९१ हजार कारोबार गनै सफल भएको अध्यक्ष त्रिलोचन गौतम द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्मशील हातहरुको समृद्धिको लागी सक्षम सहकारी भन्ने दुरदृष्टि लिएर सञ्चालन भै रहेको सहकारीले समुदायको दिगो विकासमा टेवा पुर्याउनका लागि सस्था आत्मनिर्भर बनाई वर्तमान प्रविधिको उच्चतम् प्रयोग गर्दै सदस्यलाई सेवा प्रवाह गरिरहेको अध्यक्ष गौतम द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोभिडको समयमा बैंकले भन्दा सहकारीले सदस्यलाई फाइदा पुर्याको स्मरण गर्दै सहकारीको सम्पूर्ण गतिविधिमा सदस्यले चासो दिनु पर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताइन् ।

संस्थामा सदस्य वृद्धिले मात्र सस्था मजबुत हुँदैन सस्था मजबुत हुनका लागी शेयर पुजिँ बुद्धिहुन आवश्यक रहेको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताए । उनले भने, संस्थाको अवस्था कस्तो हुदैछ भनेर सदस्यले चासो दिन आवश्यक हुन्छ ।

संस्थाद्वारा विभिन्न विधामा उत्कृष्ट भएका सदस्यरुलाई साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्मानित हुनेहरुमा न्युन बचत तर्फ दुर्गा प्रसाद पोख्रेल, साधारण बचत तर्फ सन्तोस गामी,कर्मणी नियमित बचत तर्फ सुनिता सुब्बा,कर्मणी पेन्सन बचत तर्फ उर्मिला राई,बाल बचततर्फ आयुश विष्ट, खुत्रेके बचततर्फ कविता सेलेहिम, ज्येष्ठ नागरिक बचततर्फ साङ्गमाला तामाङ्ग र उत्कृष्ट कर्जातर्फ बम बहादुर फ्याक रहेका छन् ।

कार्यक्रममा कमल गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शरणकुमार पराजुलीले समय परिस्थिति र बजारको माग अनुसार सञ्चालन भएका सहकारी मात्र अहिलेको अवस्थामा टिकी रहेको बताए ।

कार्यक्रममा केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद दाहाल, सानो केर्खा टोल विकास संस्थाका अध्यक्ष लालप्रसाद बोखिम, कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, समाजसेवी कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव लेखनाथ सुवेदीले सञ्चालन गरेको कार्यक्रममा अतिथिलाई संस्थाका सदस्य दुर्गा प्रसाद बनियाले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए ।

सम्बन्धित खबर