२०८१ फागुन २, शुक्रवार , ०१:१७:२३ बजे

Sajhamanch
'

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– चुनौतीमाथि विजय प्राप्त गर्न प्रेरणा मिल्नेछ

आइतवार, मंसिर ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् ।

नेपालको तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित रहेको बताए ।प्रधानमन्त्री प्रचण्डले भनेका छन्, मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतिकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको मानिन्छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको उनको भनाइ छ ।

सम्बन्धित खबर