शिवसताक्षी । झापाको शिवसताक्षीको उत्तरको जंगलमा एक पुरुषको शव फेला परेको छ ।
शिवसताक्षी ११ स्थित धार्मिक क्षेत्र सताक्षीधाम दक्षिण पश्चिमको जंगलमा एक पुरुषको आधा भाग सडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बाख्रालाई घाँस काट्ने जाने महिलाहरुले शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेको थिए । प्रहरीका अनुसार अन्दाजी ३५ वर्ष जस्तो देखिने कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो कलरको व्याग बोकेको अवस्थामा सव फेला गरेको हो । शवको टाउको भाग नचिनिने गरी सडिएको अवस्थामा रहेको छ ।
रुखमा लगाइएको नरिवलको डोरी चुडिएर कपाल सँगै आएको प्रहरीले जनाएको छ । शवको नजिकै पानीको र रक्सीको बोदल भिभो मोबाइल सेट समेत फेला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोष्टमाटमका लागि लैजाने तयारी भैरहेको छ ।