शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित बोलोचोकमा बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका सामाग्री फेला परेको हो ।
नगरपालिकाले विना सुचना छड्के अनुगमनका क्रममा बोलोचोकको एक किराना पसलमा चिप्स, कुरमुरे, कोल्डकेट लगायतका म्याद गुज्रेका सामाग्री फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। पसलमा फ्रिजमा राखेको म्याद गुज्रेको कोक नगरपालिकाको टोलीले फेला पारेको नगरपालिकाका कर्मचारी दिपक तामाङ्गले जानकारी दिए ।
अनुगमनमा खाने तेल, डुनट, पाउरोटी फ्रुटी म्याद गुज्रिएको र लेभल नभएको सामाग्री नगरपालिकाको टोलीले जफत गरेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले छड्के अनुगमन गर्दा धेरै मात्रामा म्याद गुज्रिएको सामाग्री फेला परेको जानकारी दिइन् । नगरपालिकाले यसपल्ट विना सुचना बजार अनुगमन सुरु गरेको छ । उनका अनुसार आज कुन बजार अनुगमन गर्ने भन्ने कुरा टोलीलाई जानकारी दिएको हुँदैन ।
बजार अनुगमनको क्रममा म्यागुज्रिएका जफत गरिएका खाद्य सामाग्री
जब टोली अनुगमन गर्न नगरपालिकाबाट निस्कन्छ बाटोमा अनुगमन गर्न जाने बजारको जानकारी दिने गरेको उपप्रमुख कार्कीको भनाई छ । अनुगमन गर्ने बजार अघिल्लो दिननै तोकिदिदा सुचना चुवावट हुने र म्याद गुज्रिएका सामाग्री व्यापारीले लुकाउन सक्ने भएकाले पनि विना सुचना छड्के अनुगमन प्रभावकारी हुने देखिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।
बजार अनुगमन आएको थाहा पाएपछि अचानक बन्द भएका पसल
आइतबार बोलोचोक बजार, नयाँ बजार लगायतका आसपासका पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नगरी सञ्चालन गरेको पाइएको शिवसताक्षी नगरपालिका राजश्व शाखा प्रमुख बद्री दाहालले बताए । उनले भने, हामीले आन्तरिक राजश्व कार्यालय र नगरपालिकामा दर्ता नगरि सञ्चालन गरेका पसलको लगत संकलन गरेका छौं । उहाँहरुलाई असोज महिना भित्रैमा दर्ता तथा नविकरण गर्न सुझाए उनको भनाई छ ।
बोलोचोकमा अनुगमन गर्न थालेको थाहा पाएपछि केही पसलहरु बन्द भएको समेत शिवतसाक्षी नगरपालिकाले जनाएको छ।