शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पत्र संसोधन गरिएको छ ।
जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाद प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
कार्यवाहक दिए लगत्तै उपप्रमुख हुँदा हुँदै ऐन विपरित कार्यवाहक दिएको भन्दै व्यापक आलोचना भएको थियो ।
जापान भ्रमणका क्रममा रहेका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकालाई जिम्मेवारीको पत्र संसोधन गरेर वडाध्यक्ष प्रसाईलाई भाद्र ०२ गते सम्ममा कामकाज गर्न नगरपालिकालाई पत्र पठाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकामा जापान सरकारले सञ्चालन गरेको जाइका नामक परियोजनाका क्रममा कृषि प्रणालीको अवलोकन गर्न नगरप्रमुख थोप्रा जापान भ्रमणमा निस्किएका हुन् ।