२०८१ कार्तिक ३०, शुक्रवार , ०३:०९:४५ बजे

Sajhamanch
'

पुर्व बिधार्थी मञ्च झापाको विस्तारित भेला सम्पन्न , विभिन्न एजेण्डामा छलफल

आइतवार, साउन १४, २०८०

शिवसताक्षी । पुर्व बिधार्थी मञ्च झापा द्वारा आयोजित पुर्व निर्धारित विस्तारित भेला शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

भेलामा अग्रज पुर्व जिल्ला कमिटी अध्यक्ष मेघ प्रसाद रेग्मी,कोशाध्यक्ष मुकुन्द रेग्मी,जिल्ला सदस्य काजी बुढाथोकी लगायत अनेरास्ववियुका पुर्व विधार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

झापाको प्रगतिशील विधार्थी आन्दोलन तथा अनेरास्ववियु झापाको स्थापना र अहिलेसम्मको अवस्थाको विसयमा पुस्तक प्रकाशन गर्ने लक्ष्यका साथ कृयासिल रहेको पुर्व बिधार्थी मञ्च झापाको विस्तारित भेलामा मञ्चको अहिलेसम्मको काम र आगामी कार्ययोजनाबारे संयोजक भरत शिवाकोटीले संक्षिप्त जानकारी गराउदै करिब एक हजार ब्याक्ती समक्ष मन्चको अभियानको जानकारी पुर्याएको, तीन सय ब्याक्तिहरु समक्ष प्रत्यक्ष फोन र भौतिक उपस्थितिको भेटघाट गरेको,दुई दर्जन लेखहरु प्राप्त भएको र एक दर्जन बढी ब्याक्तिहरुको लेख आउने तयारी भैसकेको जानकारी गराएका थिए । उनले भेलामा उपस्थित अग्रजहरु लगायत सबैले सल्लाह तथा सुझाब पेश गर्दै एकमतले पुर्व बिधार्थी मञ्च झापाको अभियानप्रति ऐक्बदत्ता जनाउदै लक्षित उदेश्य हासिल गरेका कामहरु प्रशंसनिय रहेको र त्यसलाई टुङ्गोमा पुर्याउन आफुहरु जुनसुकै सहयोग गर्न तयार रहेको धारणा राखेका थिए ।

भेलाले संकलित लेखहरु टाइपिङ गर्ने कार्यका लागि अग्रज विधार्थी नेता माधव विद्रोहीलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी अनेरास्ववियु झापाको क्याम्पस कमिटीको नामावली संकलन गर्ने जिम्मेवारी क्याम्पस जिल्ला कमिटीका पुर्व अध्यक्ष कमरेड नवीन ढुङ्गानालाई दिएको छ भने अनेरास्ववियु झापाको पन्ध्रौं जिल्ला सम्मेलन पश्चातको जिल्ला कमिटीको नामावलीहरु संकलन गर्ने जिम्मेवारी अनेरास्ववियु झापाका पुर्व अध्यक्ष कमरेड समर्पण खतिवडालाई दिएको छ ।

भेलाले लामो समयदेखी मन्चको बैठक बस्न नसकेको तथा कमिटीका कमरेडहरु निस्कृय रहेको विसयलाई मध्यनजर गर्दै २५ सदस्य कमिटीलाई पुनर्गठन गरेको छ । जसअनुसार संयोजक भरत शिवाकोटी,सह–संयोजक निर्मल दाहाल,सचिव धर्मेन्द्र खडका, कोशाध्यक्षमा माया शिवाकोटी, सदस्यहरूमा असोक बोगटी,चित्रकला पौडेल र तुलसा काफ्ले रहेको कमिटी चयन गरेको छ भने अनेरास्ववियुबाट भर्खरै बिदा हुनुभएका कमरेड समर्पण खतिवडालाई मन्चको सह–सचिवको जिम्मेवारी तोकिएको छ । भेलाले विभिन्न विषयमा छलफल गर्दै सम्पुर्ण निर्णय गर्ने अख्तियारि कमिटीलाई नै दिएको बताइएको छ ।

भेला संयोजक भरत शिवाकोटीको अध्यक्षतामा भएको थियो, भने भने संचालन सचिव धर्मेन्द्र खडकाले गरेका थिए ।

आइतवार, साउन १४, २०८० | विविधा, समाज

सम्बन्धित खबर