
काठमाडौं । नुवाकोटको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् ।
काम गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आमाछोदिङमो गाउँपालिका–१, हाकुमा रहेको जलविद्युत आयोजनामा काम गर्ने क्रममा शनिबार करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।