२०८२ असार २१, शनिवार , ०३:११:११ बजे

Sajhamanch
'

नारायणगढ-मुग्लिन सडकमा फेरी पहिरो, राजमार्ग अवरुद्ध

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ।

तीन नम्बर पुलमा केही बेर अघि सुख्खा पहिरो खस्दा पुनः राजमार्ग अवरुद्ध भएको हो। माथिबाट खसेको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

यसअघि कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो गएका थियो। ठाउँ ठाउँमा राखिएको मेशिनबाट तत्कालै पहिरो हटाई यातायात सञ्चालन गराउँदै आएको कार्यालयले जानकारी दिएको छ।

मङ्गलवार, साउन ९, २०८० | समाज

सम्बन्धित खबर