२०८१ मंसिर १५, शनिवार , ०६:०७:५४ बजे

Sajhamanch
'

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली मुलुक

बुधवार, माघ १९, २०७८

एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो।

यससँगै समूह एबाट विश्वकप खेल्ने दुवै टिमको टुंगो लागेको छ। यसअघि समूह ए कै शीर्षस्थानमा रहेको इरानले विश्वकपको यात्रा पक्का गरेको थियो।

मंगलबार राति कोरियाले विश्वकप पुग्नका लागि युनाइटेड अरब इमिरेट्सलाई हराएको थियो। त्यो जितका लागि किम जिन सु र कोन चाङ हुनले गोल गरेका थिए।

अहिले दोस्रो स्थानको दक्षिण कोरियाको २० अंक छ। त्यस्तै, तेस्रो स्थानको यूएईको ९ अंक छ। अब यो समूहका दुई खेल मात्र बाँकी रहेका छन्। यूएईले दुवै खेलमा जीत निकाले पनि उसको १५ अंक मात्र हुनेछ।

आयोजक कतारसँगै विश्वकप खेल्ने एसियाली देशको संख्या तीन पुगेको छ। कतार आयोजकका हिसाबले छनोट भएको हो भने इरान र दक्षिण कोरिया छनोट पकृया पुरा गरेर छनोट भएका टोली हुन्।