२०८० फागुन १८, शुक्रवार , ०२:४६:४५ बजे

Sajhamanch
'

एकल सांगीतिक साँझमार्फत मनाए गायक रमनले आफ्नो २१औं जन्मदिन

सोमवार, माघ २९, २०८०

बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् ।

स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख आतिथ्यमा रमन आचार्य एकल सांगीतिक साँझ आयोजना गरिएको हो ।

आज साँझ बिर्तामोडको सरगम संगीतालयमा रमनको गायकीले सयौं दर्शक–स्रोता मन्त्रमुग्ध बनेका छन् । संगीतकार शिवशंकर थापा, भरत लामा, गायक तथा संगीतकार हस्त परियारसहित दर्जनौं संगीत साधक एवम् संगीतप्रेमीको उपस्थितिमा रमनले विभिन्न गायकका कालजयी गीतहरु गाएका थिए ।

भक्तराज आचार्यले गाएको जहाँ छन् बुद्धका आँखा ….., गोपाल योञ्जनले गाएको म आगो सहन्छु अन्याय सहन्न ….., सपना भुलाई सारा ……., टाढा टाढा जानु छ साथी …… आदि दर्जन बढी कालजयी गीतहरुले आजको साँझ रमनले तताएका थिए ।

सरगम संगीतालयका प्रबन्ध निर्देशक, संगीत गुरु दिपक रायमाझीको अध्यक्षतामा आयोजित सो एकल सांगीतिक साँझमा विभिन्न पालिकाका जनप्रतिनिधिहरु, विद्यालय तथा क्याम्पसका शिक्षक प्राध्यापकहरु, आचार्य परिवारका आफन्तजन एवम् संगीतप्रेमी शुभेच्छुकहरु सहभागी थिए ।

सम्बन्धित खबर