२०८० फागुन १७, बिहिवार , ०४:४५:५१ बजे

Sajhamanch
'

त्रिविका निमित्त उपकुलपतिले गरेका नियुक्ति खारेज गर्न माग

सोमवार, माघ २९, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् ।

निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसालले सहायक डीनलगायत हालै नौ पदाधिकारी नियुक्त गरेका छन् । “तीन महिनाका लागि नियुक्त गरिएका निमित्त भीसीले कुन कानुनमा टेकेर यति धेरै पदाधिकारी नियुक्ति गर्नुभयो रु अनि, उहाँ नै प्रतिस्पर्धाका लागि योग्य हुनुभयो ?” सांसद सुमना श्रेष्ठले प्रश्न गरिन् ।

जवाफमा शिक्षासचिव सुरेश अधिकारीले अरू चार विश्वविद्यालयमा पदाधिकारी नियुक्त नगर्न निर्देशन दिइएको जानकारी गराए । त्रिविको विषय भर्खरको घटना भएकाले यसबारे छलफल नभएको उनले उल्लेख गरे ।

शिक्षामन्त्री काठमाडौंबाहिर रहेकाले फर्किएपछि यसबारे थप छलफल गरिने उनले जवाफ दिए ।

त्रिविमा नयाँ उपकुलपति छनोटका निम्ति १४ जना ‘सर्ट लिस्टेड’ गरिएका छन् । उनीहरूमध्ये अबको प्रक्रियाबाट सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।

सम्बन्धित खबर