२०८० फागुन १०, बिहिवार , ०७:५१:३८ बजे

Sajhamanch
'

हमासको नियन्त्रणमा रहेका थप २ जना इजरायली रिहा

सोमवार, माघ २९, २०८०

काठमाडौँ । इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो।

इजरायली सेनाका अनुसार रिहा गराइएका दुबैजना बन्धक राम्रो स्थितिमा रहेको र मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ।

यसअघि प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले रफाहमा आक्रमण जारी रहेको र दर्जनौँ मानिसको मृत्यु भएको बताएको थियो।

इजरायलले पनि दक्षिणी गाजामा आक्रमण जारी राखेको बताएको थियो।

सम्बन्धित खबर