२०८० फागुन १८, शुक्रवार , ०२:४६:३४ बजे

Sajhamanch
'

कोशी प्रदेशका पुस्तक तथा स्टेसनरी व्यवसायी संगठित

आइतवार, माघ २८, २०८०

विराटनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् ।

महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले आगामी दुई वर्षका लागि अध्यक्ष पदमा नेपाल निर्वाचित भएका हुन् ।

विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले महासङघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्ष द्वयमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।

यस्तै सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइटेल र हेमा कुमारी घिमिरे निर्वाचित भएका छन् ।

यस्तै सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइटेल, अनिल जोशी, मनोज कुमार यादव निर्वाचित भएका छन् । ताप्लेजुङबाट भुमा देवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन् ।

सम्बन्धित खबर