२०८० फागुन २०, आइतवार , ०४:५१:४९ बजे

Sajhamanch
'

कमल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आइतवार, माघ २८, २०८०

कमल । कमल गाउँपालिकास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सुरु गरिएको छ ।

वडा नं. ३ स्थित केर्खा खेल मैदानमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका हुन् ।

माघ २७ देखि सुरुभएको सो प्रतियोगिता २९ गते सम्पन्न हुने कार्यतालिका छ । प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी १८ वटा विद्यालयका खेलाडी प्रतिष्पर्धामा छन् ।

प्रतियोगितामा भलिबल, कवड्डी, कराँते, हाइजम्प, लङजम्प, तेक्वान्दो, उसु, सटपुट र दौड लगायतका खेल हुने आयोजकले जनाएको छ ।

गाउँ खेलकुद विकास समितिका सचिव बलिराम राईले शाब्दिक स्वागत गरेको औपचारिक उद्घाटन समारोहको सञ्चालन पालिका शिक्षा शाखाका प्राविधिक रविन गौतमले गरेका थिए ।

सम्बन्धित खबर