२०८० फागुन १६, बुधवार , ०७:३०:४३ बजे

Sajhamanch
'

नेपाल स्काउटको निर्वाचन : कोसी र वाग्मतीमा मतदान, बाँकीमा सर्वसम्मत

शनिवार, माघ २७, २०८०

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ । शनिबार काठमाडौंमा कोसी र वाग्मती प्रदेशका निम्ति राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो । अरू प्रदेशमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।


नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको जानकारी दिए । चाररचार वर्षमा हुनुपर्ने निर्वाचन भए पनि विविध कारणले लामो समयसम्म हुन नसकेको उनले बताए ।

उनले वाग्मती र कोसीबाहेक अरू पाँच प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको उल्लेख गरे । वाग्मती र कोसी प्रदेशमा नौ पदका निम्ति निर्वाचन भइरहेको उनले बताए ।

उनले नौ पदको निर्वाचनका निम्ति वागमती प्रदेशमा १५ सय बढी र कोसी प्रदेशमा ५५४ मतदाता रहेका जानकारी दिए ।

निर्वाचनबाट नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ मध्ये १६ जना वाग्मती र कोसी प्रदेशबाट चयन हुने उनले बताए । प्रदेश परिषद्हरूमा वाग्मती र कोसी प्रदेशमा २६/२६ जना निर्वाचित हुनुपर्ने उनले उल्लेख गरे ।
निर्वाचन निर्बाध रूपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको उनले बताए । न्युज