२०८० फागुन १८, शुक्रवार , ०२:५७:४२ बजे

Sajhamanch
'

जागरुक कृषि सहकारीद्वारा स्थानीयलाई हात्ती धपाउने सामग्री वितरण

मङ्गलवार, माघ १६, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित जागरुक कृषि सहकारी संस्थाले आज जङ्गली हात्तीको समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउने सामग्री प्रदान गरेको छ ।

कमल गाउँपालिका वडा नं. ३ का ९ वटा टोल विकास संस्थाहरु मध्ये ६ वटालाई हात्ती धपाउने सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष कमल घिमिरेले बताएका छन् ।

दैनिकजसो जंगली हात्तीका कारण समस्या भोग्दै आएका टोलबासीलाई थोरै भएपनि यो सामग्रीले हात्ती धमाउन सहयोग पुग्ने हाम्रो टोल विकास संस्थाका अध्यक्ष आशिष लेछर्वोले बताए ।

कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष गोपाल खनालले गरेका थिए ।