२०८० फागुन १०, बिहिवार , ०७:५६:४५ बजे

Sajhamanch
'

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

शनिवार, माघ ६, २०८०

काठमाण्डौ । श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।कोलम्बोमा भएको एक सम्मेलनमा प्रविधि राज्य मन्त्री कनका हेरथले विश्वमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको र आफ्नो देशले पनि डिजिटल मार्केटिङलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उनले देशको डिजिटल अर्थतन्त्रलाई ४ दशमलव ३ विलियन डलरबाट सन् २०३० अर्थात् अबको ६ वर्षमा १५ विलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको समेत बताए।

सम्बन्धित खबर