२०८० फागुन १७, बिहिवार , ०५:४०:०४ बजे

Sajhamanch
'

स्वीडामा जोर्डनको हवाई आक्रमण : नौजनाको मृत्यु

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानमार्फत बिहीबार दक्षिणी सिरियाको स्वीडा प्रान्तको अरमान क्षेत्रमा गरिएको आक्रमणमा नौजनाको मृत्यु भएको जनाइएको छ ।

दुईतले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्–श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक वृद्धा बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा गरिएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित तीनजनाको मृत्यु भएको छ । जोर्डनले सिरिया–जोर्डन सीमा क्षेत्रस्थित स्वीडामा लागुऔषध तस्करलाई लक्षित गर्दै आएको छ ।

सम्बन्धित खबर