२०८० फागुन ८, मङ्गलवार , ०५:४४:३३ बजे

Sajhamanch
'

शिवसताक्षीको सालमाराबाट २० वर्षीय निशा सम्पर्क विहीन, छोरीको खोजी गरिदन परिवारको आग्रह

बुधवार, माघ ३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी स्थित सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पौष २८ गतेदेखि सम्पर्क विहीन छिन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

पौष २८ गते घरबाट विहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिडेकी निशा अहिलेसम्म घर नफर्कीएकी बुबा कुवेर ताजपुरियाले बताए । कोही आफन्तकोमा पनि नभेटिएपछि छोरीको खोजीकार्यमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

इप्रका झिलझिलेमा दिएको हुलिया अनुसार कालो वर्णको साढे ४ फुट उचाई भएकी निशा कालो जिन्स पइन्ट र ज्याकेट लगाएरबाट घरबाट हिडेको बुवा कुवेरले जानकारी दिए । उनले कहिकतै देखेमा ९८२४९६४२६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

केहि दिनअघि सोही वडामा आमा छोरा समेत वेपत्ता भइरहेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनले वडाबासीलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

बुधवार, माघ ३, २०८० | विविधा, समाज

सम्बन्धित खबर