२०८० फागुन २०, आइतवार , ०६:५६:२८ बजे

Sajhamanch
'

माधव नेपालको आरोप– ओलीले हामी सामेल गठबन्धन ध्वस्त बनाउन खोजिरहेका छन्

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले ओलीको नाम नलिइ त्यस्तो बताएका हुन् ।

“हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भने, “हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ रु”

उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए ।

“गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,” नेपालले भने ।

साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताए । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उनको भनाइ छ ।

“आज प्रतिगामी तत्वहरूले टाउको उठाइरहेका छन् । फागुन महिनाको डेट अघि सारेर धावा बोलिरहेका छन् । यो व्यवस्था जोगाउने शक्तिहरू कहीँ शत्रु हुन्छन् ?,” उनको प्रश्न छ, “व्यवस्थाको पक्षमा उभिनेलाई शत्रु बनाइदिने हो भने प्रतिगामी तत्वहरूलाई फाइदा हुन्छ ।”

सम्बन्धित खबर