२०८० फागुन ८, मङ्गलवार , ०७:४८:३९ बजे

Sajhamanch
'

उपाध्यक्ष परियारमाथि धम्की दिने सिवाकोटीको संगठनद्वारा भत्सर्ना

बुधवार, पौष २५, २०८०

बिर्तामोड । प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पत्रकारका विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपध्यक्ष प्रदीप परियार विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा र भत्सर्ना गरेको हो ।

संगठनका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल र सचिव प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार गत शनिबार बिर्तामोड–५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा उपाध्यक्ष परियारमाथि अपमानजनक शव्द प्रयोग गर्दै सार्वजनिक कार्यक्रममा मानहानी हुने गरी अभिव्यक्ति दिएको उल्लेख छ ।

उक्त अभिव्यक्ति दिने वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीप्रति संगठनले खेद व्यक्त गरेको छ । उनले केटाहरु लगाएर कुटपिट समेत गराइदिने जस्ता अभिव्यक्ति दिएको भन्दै चौतारीले विज्ञप्तिमा भनेको छ, ‘यसपछि हुने कुनै पनि घटनाको जिम्मेवार स्वयम् वाणिज्य संघका अध्यक्ष शिवाकोटी हुनुपर्ने छ ।’

सम्बन्धित खबर