२०८० फागुन ८, मङ्गलवार , ०५:५३:४९ बजे

Sajhamanch
'

कोरोनाको नयाँ भेरियन्टले लहर ल्याइसकेको छ, बुस्टर डोज लगाउँ : विज्ञ

बुधवार, पौष २५, २०८०

काठमाडौं । अत्याधिक संक्रामक मानिएको ओमिक्रोनको सबभेरियन्ट जेएन।वान नेपालमा पनि पहिचान भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएका १६ वटा नमूनाको जिनोमी सिक्वेसिन्ङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूना ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन।वान पुष्टि हो । अर्थात कुल संक्रमणमध्ये ४४ प्रतिशत जेएन।वान पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘कोरोना भाइरसको संक्रमण बढ्दो छ, स्वास्थ्य संस्था तयारी अवस्थामा रहनु ।’ सबभेरियन्ट जेएन।वान पहिचानभएसँगै नेपालमा पनि संक्रमणको फैलिनसक्ने विज्ञले आकलन गरेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी जेएन।वान सबभेरियन्टले अन्य भेरियन्टलाई विस्थापित गरिसकेकाले संक्रमण फैलनसक्ने सम्भावना बढेको बताउँछन् ।

ओमिक्रोनको सबभेरियन्ट बीएफ।सेभेन, बीए.वान् र बीए.टु, बीएम.वान लगायतका अन्य (सबभेरियन्ट) भन्दा जेएन.वान् धेरै गुणा बढी संक्रामक मानिएको छ । तर, कति घातक छ भन्ने अझै यकीन भएको छैन ।

कुनै भाइरसको उत्पत्तिपछि तिनीहरुको प्रजाति वा उपप्रजाति उत्पत्ति भइरहन्छन् । जुन प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ ।

म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं । भेरियन्ट अफ कन्सर्न हुनका लागि तीनवटा क्याटेगोरी आवश्यक हुन्छ ।

पहिला, नयाँ भेरियन्ट उत्पत्ति भएका भाइरसभन्दा एकदमै चाँडै वा सजिलो फैलिने हुन्छ ।

दोस्रो, संक्रमण वा खोपबाट हुने इम्युनिटीले पनि रोक्न सकिंदैन ।

तेस्रो, पहिला देखिइसकेका कोरोनाभाइरसभन्दा नयाँ भेरियन्टले बढी गम्भीर केसहरू वा मृत्युदर बढाउने हुन्छ ।

‘अहिलेसम्म हेर्दा जेएन।वान सब भेरियन्ट चाँडै र सजिलैसँगै फैलिनसक्ने पुष्टि भएको छ । जसले गर्दा धेरै मानिसलाई संक्रमण हुने अनुमान गर्न सकिन्छ,’ डा। अधिकारीले भने, ‘खोप लगाएको पनि एक वर्षभन्दा बढी भएकाले इम्युनिटीको प्रभावकारिता घट्दो क्रममा छ ।’

डा। अधिकारीका अनुसार भेरियन्ट अफ कन्सर्न हुनका लागि दुई वटा क्याटेगोरी मिलेसँगै नेपालमा लहरकै रुपमा आउनसक्ने अनुमान गर्न सकिन्छ ।

यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याउनुका साथै मृत्युदर पनि बढाएको थियो । तर नयाँ भेरियन्ट जेए।वान फैलिएका देशहरुमा अहिलेसम्म मृत्युदर भने उच्च रहेको पाइएको छैैन ।

नेपालमा फैलिने जोखिम कति ?

नेपालमा सबभेरियन्ट जेएन।वान फैलिसकेको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । भाइरसको कुल संक्रमणमध्ये आधा हिंस्सा लिएको उल्लेख गर्दै डा। पुन केही हप्ता अगाडिदेखि नै जेए।वानले गति लिँदै गएको बताउँछन् ।

तर प्रारम्भिक अध्ययनबाट जेए।वान कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीलाई भने अस्पताललै पुर्‍याउनसक्ने क्षमता रहेको डा। पुन बताउँछन् ।

‘केही हप्ता अगाडिदेखि दीर्घरोगी र जेष्ठ नागरिक संक्रमणका कारण अस्पताल भर्ना हुँदै गएका छन्,’ डा पुनले अगाडि थपे, ‘प्रारम्भिक संकेतले पनि जेष्ठ नागरिकलाई बढी सताउनसक्ने देखिन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी पनि जेएन।वानले लहर रुप लिइसकेको अनुमान गर्छन् । पछिल्लो दिनमा रुवाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना हुने क्रम बढिरहेको उल्लेख गर्दै डा। सुवेदी लहरकै रुपमा गति लिएको बताउँछन् ।

धेरै मानिसमा पटक–पटक कोरोना संक्रमण भएकाले एकतहको रोगप्रतिरोधी क्षमता विकसित भइसकेको बताउँदै डा। सुवेदी अहिले एन्टिजेन परीक्षणमा पोजेटिभ हुने सम्भावना एकदमै साँघुरो भएको बताउँछन् ।

‘कोरोनाको लक्षण सुरु भएको तीन–चार दिनपछि मात्रै रगतमा एन्टिजेन देखिन्छ । जुन एक–दुई दिन मात्रै रहन्छ,’ डा। सुवेदी भन्छन्, ‘ऐन्टिजेन परीक्षणमा नेगेटिभ देखिएपनि भाइरसले सिकिस्त बनाउने जोखिम उच्च हुन्छ ।’

हाल अस्पतालमा एन्टिजेन परीक्षणकै प्रयोग हुँदै आएको छ । अध्ययनले जेए।वानको प्रजनन दर ९आर० पनि उच्च देखाएको छ, अर्थात यसको संक्रमण धेरै उच्च हुने अनुमान गर्न सकिन्छ । यदि नयाँ लहरले कत्तिको घातक हुन्छ भन्ने अनुमान गर्न कठिन भएको विज्ञहरुको भनाई छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा। राजीव श्रेष्ठ पनि ओमिक्रोनका सबभेरियन्टले भन्दा नयाँ सबभेरियन्ट फैलिरहेकाले पुनः संक्रमण गराउने सम्भावना रहेको बताउँछन् ।

तर जेए।वान सबभेरियन्ट संक्रमणका कारण वा खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता कम भएको देखिन्छ । खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप ९बुस्टर० लगाउनुपर्ने डा। श्रेष्ठको सुझाव छ ।

‘नयाँ सबभेरियन्टले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत छ । थोरै संख्याले मात्रै बुस्टर डोज लगाएका छन्,’ डा। श्रेष्ठले भने, ‘अब सरकारले बुस्टर डोजमा र नागरिकले मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्नेछ ।’

सरुवा रोग विशेषज्ञ डा। पुन जेए।वान सबभेरियन्टका कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिनसकेको र कस्तो अवस्था आउन सक्छ भन्ने अनुमान गर्न गाह्रो रहेको बताउँछन् ।

‘नयाँ सबभेरियन्टले पुनःसंक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ,’ डा। पुन भन्छन्, ‘यसभन्दा अगाडि पनि जाडो महिनामा नयाँ लहरको चक्र चलिरहेको देखिन्छ । नेपालमा नयाँ लहर ल्याउने सम्भावना देखिन्छ ।’

खोपविज्ञ डा। श्यामराज उप्रेती अन्य भेरियन्टलाई जेएन।वानले प्रतिस्थापन गरेको उल्लेख गर्दै खोपले निकै राम्रो सुरक्षा दिने भएकाले असर त्यति ठूलो हुने संभावना नहुने बताउँछन् ।

‘नयाँ प्रजाति आउँदा बढी संक्रामक भएर देखिन्छ । कम संक्रामक हुने भए हराएर जान्छ । संक्रामक बढी भएका कारणले ओमिक्रोनको अन्य भेरियन्टलाई जेएन।वानले विस्थापित गरिसकेको छ,’ डा। उप्रेती भन्छन् ।

विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरेको उप्रेतीको तर्क छ ।

बुस्टर खोपमा जोड

कोरोनाको नयाँ–नयाँ भेरियन्ट फैलिरहेका कारण बुस्टर डोज चाँडोभन्दा चाँडो पाउनु अहिलेको महत्वपूर्ण आवश्यकता हो । नेपालमा दोस्रो मात्रा खोप लगाएको पनि दुई वर्ष पार गरिसकेको छ । ओमिक्रोन भेरियन्टको फैलने क्षमता तीव्र रहेकोले पूर्ण खोप लगाए पनि ९ महिनापछि त्यस्ता व्यक्तिको एन्टिबडी खस्कँदै जाने भएकोले तत्काल बुस्टर डोज दिनुपर्ने विज्ञको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा। विमल शर्मा चालिसे दम, क्यान्सर, लगायतका समस्यासँग जुधिरहेको दीर्घरोगी भएका बिरामीलाई अक्सिजनको सहायतामा उपचार गर्नुपरेको बताउँछन् ।

‘अहिले तीन जना अस्पतालमा उपचाररत हुनुहुन्छ । त्यसमाथि उनीहरूको उमेरसँगै दीर्घरोगका बिरामी भएकाले तत्काल नै अक्सिजन दिएर राख्नुपरेको छ’, उनले भने ।
अस्पतालमा भर्ना र मृत्युको जोखिम टार्न नियमित मात्रा कोरोना खोप लिएपछि पनि अतिरिक्त मात्रा ९बुस्टर डोज० खोप लगाउनुपर्ने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पूर्ण खोप लगाउनेको संख्या ८३।६ भने बुस्टर डोज अर्थात् तेस्रो मात्रा ३५।१ प्रतिशतले मात्रै लगाएका छन् ।

चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई हप्तापछि बिरामीको संख्या बढ्न सक्छ । अर्थात् आजभोलि अस्पताल भर्ना भएका बिरामी दुई हप्ताअघि संक्रमित भएका हुन् ।

सामान्य ज्वरो–खोकी भएका धेरै बिरामी परीक्षणको दायरामा नआएकाले आगामी दिनमा संक्रमणसँगै अस्पताल भर्ना हुने संख्या बढ्नसक्ने डा। चालिसेको अनुमान छ ।
‘अब संक्रमण बढ्दै जाने देखिन्छ । दुई हप्तापछि अस्पतालमा पनि चाप बढ्छ’, चालिसेले थपे, ‘समयमै चनाखो भएर कोरोना व्यवस्थापनको तयारीमा लाग्नुपर्ने देखिन्छ ।’
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा। राजीव श्रेष्ठ कोरोना रोकथामका लागि दोस्रो डोज लगाएको खोपको प्रभावकारिता घटिसकेकाले ‘जोखिम वर्ग’ लाई बुस्टर डोज खोप दिनुपर्ने सुझाव दिन्छन् ।

‘अधिंकाश नागरिकले बुस्टर डोज खोप नै लगाएका छैनन्’, श्रेष्ठ भन्छन्, ‘अब सरकारले बुस्टरका लागि तुरुन्तै लगाउन थाल्नुपर्छ ।’

भर्खरै कोरोना समुदायस्तरमा फैलिरहेकाले पनि दुई–तीन हप्तापछि अस्पताल भर्ना हुने दर बढ्ने आकलन गर्न सकिने भन्दै डा। प्रभात अधिकारीले भने, ‘अहिले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति जोखिममा छन् ।’

उनले अगाडि भने, ‘खोप लगाएको ९ महिनादेखि एन्टीबडी क्रमशः घट्न थाल्छ । अहिले नयाँ भेरियन्ट पनि आएको छ । एन्टीबडी घट्नु र नयाँ भेरियन्ट पनि फैलिंदा पुनः संक्रमण हुने जोखिम उच्च हुन्छ ।’

सतर्कता पनि अपनाऔं

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन पनि नयाँ भेरियन्टलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कतालाई अवलम्बन नै गर्नुपर्ने बताउँछन् ।

फ्लू र कोभिडको लक्षण उस्तै–उस्तै हुनेभएकाले परीक्षण गराउन पनि उनले सुझाव दिए । साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता सावधानीका उपाय अपनाउँदा कोरोनाका साथै अरू रोगका लागि पनि सुरक्षित हुने भएकाले सधैं अपनाउनुपर्ने उनले बताए ।

नेपाल–भारतको खुल्ला सिमानाका कारण मानिसको ओहोर–दोहोर सजिलै हुने गरेको छ । विगतका लहरमा जब भारतमा संक्रमण बढ्न थाल्यो, नेपालीहरु घर फर्किन थाले । त्यसबेला सरकारले न क्वारेन्टिनमा राख्न सक्यो, न परीक्षणमा जोड दियो । संक्रमण समुदायमा फैलिएपछि अस्पतालहरुले धान्ने अवस्था रहेन । अबका दिनमा पनि सरकारले भारतबाट आउने यात्रुहरुलाई क्वारेन्टिन, परीक्षण, खोपको पहुँच बढाउनुपर्ने जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनी बताउँछन् ।

नाकामा निगरानी, संक्रमित व्यक्तिको आइसोलेसन तथा खोपको पहुँज बढाउन सके नयाँ भेरियन्टसँग लड्न गाह्रो नहुने उनी बताउँछन् ।

‘सरकारले शंकास्पद सबैलाई परीक्षणको दायारमा ल्याउनुपर्छ । तर त्यस्तो हुन सकेको छैन । हामीले सक्रिय निगरानी गरेका छैनौं, यसले समुदाय स्तरमै नयाँ भेरियन्ट फैलिनसक्छ,’ डा। मरासिनी भन्छन् ।

कोरोना भाइरसको जोखिम बढ्नसक्ने भन्दै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा पनि नयाँ भेरियन्ट देखिएकाले मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जनाकारी दिए ।

‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ डा। बुढाथोकीले भने, ‘संक्रमण मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले निगरानी बढाउने, खोपलाई प्राथमिकता दिने तथा अस्पताललाई व्यवस्थापन गर्न तर्फ लागेको छ ।’

सम्बन्धित खबर