२०८० मंसिर १८, सोमवार , ०१:२३:०९ बजे

Sajhamanch
'

अझै टिकटक बन्द नभएपछि प्राधिकरणको चेतावनी– अटेर गरे कारबाही हुन्छ

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटक बन्द गर्न आफूले दिएको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणले निर्देशनरआदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भएकाले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने बताएको छ ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसके पनि केही सेवा प्रदायकबाट अझै टिकटक चलिरहेकाले तत्काल गर्न भनेको छ ।

प्राधिकरणको निर्देशनरआदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनरआदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने बेहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ, सूचनामा भनिएको छ ।

मङ्गलवार, कार्तिक २८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर