२०८० असोज ९, मङ्गलवार , १०:३३:५५ बजे

Sajhamanch
'

तीनकुने हत्या प्रकरण : पक्राउ परेका आरोपीद्धारा चारैजनाको हत्या गरेको स्वीकार

आइतवार, भदौ ३१, २०८०

काठमाडौँ । तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भई काठमाडौंको काँडाघारी बस्दै आएका २३ वर्षिय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। आरोपी भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको थियो। टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो।

सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र धनकुटा स्थायी घर भएका १९ वर्षका नविन राईको हत्या भएको थियो।

प्रहरीले आरोपी भण्डारी बोल्न नसक्ने हुँदा दोभासेको सहयोगमा बयान लिएको जनाएको छ।

सम्बन्धित खबर