२०८० फागुन १८, शुक्रवार , ११:३७:०९ बजे

Sajhamanch
'

२१० औं भानु जयन्तीमा कविता प्रतियोगिता, आस्मिका निरौला प्रथम

शुक्रवार, असार २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा २१० औ भानु जयन्ती मनाइएको छ ।

शिवसताक्षीको दूधेमा सताक्षीधाम साहित्य संगमको आयोजनामा भानु जयन्ती मनाइएको हो ।

भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता बाचन प्रतियोगितामा आस्मिका निरौला प्रथम भएकी छिन् ।

त्यस्तै द्वितीय स्थानमा विद्या सिग्देल, तृतीय स्थानमा यमुना रिमाल र समिक्षा उप्रेतीले सान्तवना पुरस्कार प्राप्त गरेका थिए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि छन्दकवि हरिप्रसाद रिमालले नगद सहित प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सताक्षीधाम साहित्य संगमका उपाध्यक्ष पदमप्रसाद दाहालले भानुभक्तको जीवनीको चर्चा गरेका थिए ।

कार्यक्रममा अप्रतियोगी कविता तथा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षक तथा साहित्यकार दधिराम खनाल, पूर्व शिक्षिका उर्मिला अधिकारी, सताक्षी साप्ताहिकका सम्पादक सेलिङ केसी लगायतले कविता बाचन गरेका थिए । त्यस्तै स्थानीय यदुनाथ दाहाल र रेवत खनालले संगीतमय रामायण तथा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख छन्द कवि हरिप्रसाद रिमालले भानुभक्तको विषयमा र छन्द कविताको विषयमा चर्चा गरे ।

कविता बाचन प्रतियागितामा मण्डलमा श्रीप्रसाद खरेल, यादव प्रसाद घिमिरे र लोक मणि गौतमले निर्णायक भूमिका निर्वाह गरेका थिए भने, कार्यक्रमको सञ्चालन नारायण भट्टराई र सुस्मिता राईले गरेका थिए ।

 

शुक्रवार, असार २९, २०८० | साहित्य

सम्बन्धित खबर