२०८० फागुन १८, शुक्रवार , ०२:४७:५० बजे

Sajhamanch
'

कविताः यो कसैप्रति लक्षित छैन

शनिवार, जेठ २७, २०८०

के म घुँडा टेक्छु ? जस्तो लाग्छ !!
मैले फिला टेके ? जस्तो लाग्छ !!,
हो ! के म अपमानित भएँ,
मैले भनेको छु ?
म त त्यो शक्ति हूँ
मैहूँ भन्ने बादसाहलाई
पटकपटक सत्ताच्युत गराएको छु।
मृत्युलाई हत्केलामा नचाएको छु।
मसंग मृत्यु तर्केर हिंडेको
मैले मेरै आँखाले देखेको छु।
आज मेरै कल बल र छलले
प्राप्त गरेको यो स्वतन्त्रताको
ढाडमा टेकेर मेरै स्वाभिमान माथि प्रहार गर्ने
यस देशले कहिल्यै कुनै यूगमा
हासिल गर्न नसकेको उपलब्धिलाई
हा हा हू हू गर्दै मुर्रा र हुर्रामा उडाउने ?

अचम्म ! हो, ऊ घुँडा मात्र हैन
कहिले फिला टेकाउँछ
घोप्टो पारेर ढाडमा टेक्छ
नाक रगड्छ
शरीर थिलथिलो पारेर
दिमाग भुट्छ
सभ्यताको डंका पिट्छ
म दाजु हूँ, तँ भाइ होस् !
मेरो आदेश र इसारामा चल्नु पर्छ !
खुलेआम भन्छ ।
हामी बत्तीस दाँत देखाएर
निनुरमुन्टे शैलीमाू साँचो भनिस्को भाव झल्काउछौं।
हामी हो वार कि पारको युद्ध छेड्न सक्दैनौं।
राष्ट्रियताको विषयमा एक भएनौं।
भावना बुझ्यो
मानेभञ्ज्याङ, सुस्ता र महेशपुरमा
नेपाली मनोभावको परीक्षण गर्यो।
हाम्रो मुर्दावाद र गो ब्याक कहिले पो सुन्यो र ?
हाम्रो विश्रृङखलित मनले
ऊ हौसेको छ
हामीलाई लडाउँछ।
काखी बजाउँछ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा
खबरदार भन्छौं ।
खबरदारी गर्दैनौं।
अब माथि माथि माथि उठौं।
राष्ट्र, राष्ट्रियता, सम्पदा, भ्रष्टाचारजस्ता
सभ्यता पहिचाका विषयमा एक हौं।
सुखी नेपाली समृद्धि नेपालको
सपना पूरा गरौं।

सम्बन्धित खबर