२०८० फागुन १७, बिहिवार , १२:४२:४१ बजे

Sajhamanch
'

सहिद दिवशका अवसरमा सभामुख घिमिरेको सन्देश

सोमवार, माघ १६, २०७९

आज सहिद दिवश । नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती दिने शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले नेपाली जनताको अधिकार प्राप्तीको लडाईंमा गरेको योगदानको स्मरण गर्न चाहन्छु ।

विंसं १९९७ सालपछि पनि अधिकार प्राप्तीको लडाईंमा धेरै नेपालीहरुले प्राण आहुती दिनु परेको छ । नेपालको लोकतन्त्र माथि पटक पटक अनेक खाले षडयन्त्र गरेर नेपाली जनताका अधिकारलाई कुण्ठित पार्ने प्रयासलाई जनताकै तहबाट परास्त गर्दै आएका छन् ।

संविधानसभाले संविधान जारी गरेपछि मुलतः नेपालले राजनीतिक संघर्षको समय पार गरेको छ । त्यसैले अबको ध्यान विकास र समृद्धितिर हुनु पर्दछ भन्ने मलाई लाग्दछ । अब देशमा स्थिरता, विकास, रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय आकांक्षाको रुपमा रहेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सबैले लागेमा सहिदको सपना पूरा हुनेछ ।

अन्त्यमा, नेपाली जनताको अधिकार प्राप्तीका खातिर जीवन आहुती गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति पुनः एकपटक श्रद्धान्जली व्यक्त गर्दछु ।

२०७९।१०।१६

सम्बन्धित खबर